Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नयाँ प्रविधि पछ्याउँदै माओवादी केन्द्र, आजबाट नयाँ वेबसाइट सञ्चालनमा

नयाँ प्रविधि पछ्याउँदै माओवादी केन्द्र, आजबाट नयाँ वेबसाइट सञ्चालनमा

इच्छाकामना न्युज

११, मंसिर २०८०
नयाँ प्रविधि पछ्याउँदै माओवादी केन्द्र, आजबाट नयाँ वेबसाइट सञ्चालनमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।   

images

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरू बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ । 

वेबसाइट हतारमा बनाइएकाले बिस्तारै अपग्रेड गर्दै लैजाने आइसिटी फोरमका संयोजक गोविन्द आचार्यले बताएका छन् । साइट म्याटरलाई भन्दा गतिविधिलाई मुख्य स्थान दिएको छ । सुरुवातीमा पदाधिकारीहरूको जानकारी राखिएको छ । बिस्तारै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, भातृ सङ्गठन, प्रदेश, स्थानीय कमिटी सबै सङ्गठनात्मक संरचना तयार गर्ने आचार्यले बताए ।

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - २०:४७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology