Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

राेजगारीकाे प्रलाेभनमा म्यानमार पुगेका नेपालीलाई ‘साइबर दास’ बनाएर चिनियाँद्वारा यातना

राेजगारीकाे प्रलाेभनमा म्यानमार पुगेका नेपालीलाई ‘साइबर दास’ बनाएर चिनियाँद्वारा यातना

पत्रपत्रिका

१८, मंसिर २०८०
राेजगारीकाे प्रलाेभनमा म्यानमार पुगेका नेपालीलाई ‘साइबर दास’ बनाएर चिनियाँद्वारा यातना
images

काठमाडाैं। बर्मामा चिनियाँ गिरोहद्वारा ‘साइबर दास’ बनाइएका नेपाली उद्धार हुन नसकेपछि फिरौती रकम बुझाएर स्वदेश फर्किएका छन्। महिनौँको यातना र लाखौँ रकम गुमाएका ५० भन्दा धेरै नेपाली हालै आफ्नै पहलमा स्वदेश फर्किएका हुन् ।

images
images

यातना खप्न नसकेपछि प्रतिव्यक्ति ६ हजार अमेरिकी डलर (करिब आठ लाख नेपाली रुपैयाँ) बुझाएर आफूहरू नेपाल आइपुगेको पीडितहरूले बताएका छन् । उनीहरूमध्ये केहीले प्रहरीमा उजुरीसमेत दिएका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा मानव तस्करीमा संलग्न समूहले ठूलो संख्यामा नेपालीलाई बर्मा लगेर बन्धक बनाई ‘अनलाइन स्क्याम’मा लगाउने छन् । दिनमा २० घन्टासम्म काममा लगाउने र लक्ष्यअनुसार काम गर्न नसक्दा शारीरिक तथा मानसिक यातना दिने गरेको उनीहरूले बताएका छन् ।

स्वदेश फर्किएकामध्ये पाँचजना म्यानमार लैजानेहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका छन्। पीडितहरूको उजुरीका आधारमा तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘पीडितहरूले चिनियाँलाई फिरौती रकम बुझाएर फर्किएको बताएका छन्,’ उनले भने, ‘पछिल्लो समय फिरौती बुझाएर धेरैजना नेपाल फर्किएका छन् ।’

ब्युरोमा भेटिएका एक पीडितका अनुसार पछिल्लो दुई महिनामा मात्र ५० जना भन्दा धेरै नेपाली फिरौती बुझाएर फर्किएका छन् । ‘हाम्रो क्याम्पमा करिब ६० जना नेपाली थियौँ,’ धादिङको नीलकण्ठ स्थायी घर भएका एक पीडितले भने, ‘उद्धारको पहल हुन नसकेपछि फिरौती बुझाउनुको विकल्प भएन ।’ शरीरमा यातनाका खत, मानसिक पीडा र आर्थिक क्षति लिएर स्वेदश फर्किएका उनीहरू न्याय माग्दै प्रहरीमा पुगेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

images
प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - ०९:३५:०५ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology