Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एमाले अध्यक्ष ओलीलाई राउटे मुखियाको ‘कोसी’ उपहार

एमाले अध्यक्ष ओलीलाई राउटे मुखियाको ‘कोसी’ उपहार

इच्छाकामना न्युज

१९, मंसिर २०८०
एमाले अध्यक्ष ओलीलाई राउटे मुखियाको ‘कोसी’ उपहार
images

कर्णाली । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन्। कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो।

images
images

एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी उपहार दिएका हुन्।  उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिँदै भने, ‘राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ।’

स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा नै संकटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोख्दै भने, ‘हामीलाई जङ्गल बस्न समस्या छ। हाम्रो समस्या  बुझला भनेर तपाईंलाई भेट्न आयाको। काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग गर्या। अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ।’

राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्यान्न उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरे।

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - ०८:३१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology