Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवन इच्छाकामनाको माझगाउँ माविः जहाँ विद्यार्थीलाई खेति गर्न सिकाईन्छ

चितवन इच्छाकामनाको माझगाउँ माविः जहाँ विद्यार्थीलाई खेति गर्न सिकाईन्छ

विद्यालयले आम्दानीको लागि व्यावसायीक रुपमा कागती खेती समेत गरेका छन्

चितवन इच्छाकामनाको माझगाउँ माविः जहाँ विद्यार्थीलाई खेति गर्न सिकाईन्छ
images

दारेचोक, १८ माघ । चितवनमा निर्माणधिन फिस्लिङ शक्तिखोर सडक खण्डको बाटैमा पर्छ चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ को माझगाउँमा रहेको माझगाउँ माध्यामिक विद्यालय। गाउँपालिकामा रहेका ५१ वटा विद्यालय मध्यकै एक हो यो विद्यालय पनि। 

images
images

1.jpg
प्राय सबै विद्यालयमा शिक्षण सिकाईको तरिका उस्तै पाईन्छ। तर माझगाउँ माविमा भने इच्छाकामना गाउँपालिकाका ५१ वटा विद्यालयमा भन्दा केहि भिन्न तरिकाले पनि शिक्षण सिकाई हुने गरेको पाईएको छ। त्यो के भने यो विद्यालयमा शिक्षण सिकाईको अलावा विद्यार्थीलाई प्रयोगात्मक शिक्षण अन्तर्गत खेती गर्न समेत सिकाइन्छ।

2.jpg
पछिल्लो समय विद्यालयले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षण सिकाईको लागि व्यावहारिक रुपमा नै खेती गर्न सिकाउदै पठनपाठन गर्ने गरेको विद्यालयका प्रध्यानाध्यापक कमल गुरुङले बताए। 
‘यहाँका अधिकांश समुदाय खेतिपातीमा नै निर्भर छन्, यसैले हामीले विद्यार्थीलाई व्यावहारिक ज्ञान पनि हुने, प्रयोगात्मक शिक्षण पनि हुने भएकोले विद्यार्थीलाई व्यावहारिक रुपमा नै खेती गर्न सिकाउदै पढ्ने व्यवस्था गरेका छौं’ –उनले भने।

IMG_9325.jpg
विद्यालयले विद्यार्थीलाई खेती सिकाउनैको लागि विद्यालयको आसपासमा रहेको खाली जग्गालाई प्रयोग गरेको छ। विशेष गरेर कक्षा ६, ७ र ८ लाई खेती गर्न सिकाउने गरेको छ। जसका लागि विद्यालयले विद्यालय भवन पछाडि पट्टि खाली जग्गा व्यवस्थापन गरेको छ। कक्षा अनुसार खेती गर्नका लागि विद्यालयले छुट्टा छुट्टै जग्गा व्यवस्थापन गरेर संकेत राखिदिएको छ। यसो गर्दा कुन कक्षाको खेति राम्रो हुने भनेर प्रतिस्प्रधात्मक सिकाई पनि हुने प्रध्यानाध्यापक गुरुङले बताए। 

3.jpg
विद्यार्थीहरुले अहिले जग्गामा आलु र लसुन खेती गरेका छन्। विस्तारै अन्य किसिमका बालीहरु पनि लगाउन सिकाइने उनले बताए। 

4.jpg
यस्तै विद्यालयले आम्दानीको स्रोत वृद्विको लागि व्यावसायीक रुपमा कागती खेती समेत सुरु गरिएको प्रध्यानाध्यापक कमल गुरुङले बताए। ‘हामीले विद्यालयलाई आम्दानी पनि हुने र विद्यार्थीलाई शिक्षण सिकाई पनि हुने भएकोले गत सालदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेका छौं’ –उनले भने ‘अहिले हामीले गाउँपालिका मार्फत अनुदानमा ३०० वटा कागतीको बेर्ना ल्याएर लगाएका छौं’।

5.jpg
कुनै बेला चितवनको १० नमुना विद्यालय भित्र पर्ने माझगाउँ माविमा पछिल्लो समय भने विद्यार्थी घट्दै गएको छ। अहिले विद्यालयमा १ सय ७० जना विद्यार्थी अध्ययनरत छन् भने १२ जना शिक्षक कार्यरत छन्। 

6.jpg

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०९:११:३६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology