आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पावरहाउसमा आज बिहान करिब ४ बजेतिर बोलेरो जिप दुर्घटना भएको छ । आँबुखैरेनीबा मुग्लिनतर्फ जादै गरेको बा १७ च ७९६० नं.को बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटना परि जीप सडकबाट करिब १५० टिर तल मस्र्याङ्गदी नदीमा खसेको छ ।
उक्त दुर्घटनामा ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा कैलाली धनगढी ४ का २७ वर्षीय दयाराम राना, जीपमा सवार सुर्खेत बिरेन्द्र नगर नगरपालिका ६ का २८ वर्षीय थानेश्वर भट्टराई, सोही स्थान बस्ने २८ वर्षीय निबस खत्री, दार्चुला महाकाली ५ बस्ने वर्ष २४ को राकेश भट्ट र कैलाली गोदाबारी ३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरु रहेका छन् ।
उनीहरु सबैको आँबुखैरेनी अस्पताल आँबुखैरेनी र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।