Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दोस्रो पुलजिप ल्होसार कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी मर्स्याङ्दी पोल्ट्री फर्म मार्किचोकले जित्यो

दोस्रो पुलजिप ल्होसार कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी मर्स्याङ्दी पोल्ट्री फर्म मार्किचोकले जित्यो

गोरखा त्रिवेणी युवा क्लब करनटार बने उपविजेता

इच्छाकामना न्युज

२५, पौष २०८०
दोस्रो पुलजिप ल्होसार कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी मर्स्याङ्दी पोल्ट्री फर्म मार्किचोकले जित्यो

आँबुखैरेनी। तनहुँको आँबुखैरेनीमा जारी दोस्रो पुलजिप ल्होसार कप सेभेन ए साईड फुटबल प्रतियोगिता को उपाधी मार्किचोकको मर्स्याङ्दी पोल्ट्री फर्मले जितेको छ । आज भएको फाइनल खेलमा गोरखा त्रिवेणी युवा क्लब करनटारलाई ० का विरुद्ध १ गोल गर्दै मर्स्याङ्दी पोल्ट्री फर्मले उपाधी जितेको हो । 

images

जित सँगै मर्स्याङ्दी पोल्ट्री फर्म मार्किचोकले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भने उपबिजेता गोरखा त्रिवेणी युवा क्लब करनटारले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

418571451_794123946069722_8735816981140205946_n.jpg

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी गोरखा त्रिवेनी युवा क्लब करनटारका लक्ष्मण गुरुङ, उत्कृष्ट गोलरक्षक मर्स्याङ्गदी पोल्ट«ी फार्म मार्किचोकका बिजय गुरुङ्ग र सर्वाधिक गोलकर्ता त्रिवेणी युवा क्लब मुग्लिनका आशिष क्षेत्री रहेका थिए । उनीहरुलाई मेडल, प्रमाणपत्र र जनही नगद १ हजार ५ सय रुपैयाँले सम्मानित गरिएको थियो । 

पुलजिप युवा क्लब आँबुखैरेनी ४, संगमटोल तनहुँद्वारा तमू ल्होसार पर्वको अवसरमा यहि पुस २० गते देखि उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा २८ टिम सहभागी रहेको थियो । 

418568630_794110372737746_5130570956134186562_n.jpg

प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, पुलजिप युवा क्लबका अध्यक्ष बिजय गुरुङ, जिल्ला समन्वय समितिका प्रवक्ता नेत्र बहादुर गुरुङ, वडा नं. ४ का वडाध्यक्ष मिलन भुजेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले क्लवले आयोजना गरेको प्रतियोगिता उत्कृष्ट रहेको र देवघाट गाउँपालिकाको तर्फबाट नगद ५० हजार सहयोग गर्ने बताउनुभयो । 

images
प्रकाशित मिति :पौष २५, २०८० बुधवार - २२:०६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology