Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको गण्डकी गाउँपालिकामा ३ एम्बुलेन्सबाट सेवा सुरु, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखाको गण्डकी गाउँपालिकामा ३ एम्बुलेन्सबाट सेवा सुरु, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखाको गण्डकी गाउँपालिकामा ३ एम्बुलेन्सबाट सेवा सुरु, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

भुम्लिचोक ।  गण्डकी गाउँपालिकाले मंगलवारदेखि ३ एम्बुलेन्सबाट बृहत रुपमा सेवा प्रदान सुरु गरेको छ । वडा नं १ मकैसिंहस्थित मैकसिंह प्राथमिक स्वास्थ्य केन्द्र, भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र र भर्खरै सम्भव नेपालबाट सहयोगमा प्रदान गरिएको एम्बुलेन्स दर्बुङ स्वास्थ्य चौकीबाट गरी कुल तिन एम्बुलेन्सबाट सेवा सुरु गरिएको हो ।

images

एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी, वडा नं ५ का अध्यक्ष  पहलमान बयालकोटी, स्वास्थ्य शाखा प्रमुख  कुमार सुनार लगायत अन्य कर्मचारीहरुको उपस्थितीमा एम्बुलेन्स सेवाबारे अभिमुखिकरण एव अन्तर्किया कार्यक्रम सम्पन्न भयो । गाउँपालिकाका सबै वडाहरुलाई पायक पर्ने गरि तिन एम्बुलेन्स को सञ्चालन पश्चात गाउँपालिका भरिका बिरामीहरुले सुलभ रुपमा एम्बुलेन्स सेवा पाउने प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताए  ।

प्रमुख प्रशासकिय अधिकृत  उपरकोटीले भने, “गाउँपालिकाले यसै वर्ष देखि सुत्केरी हुन जाँदा तथा सुत्केरी भएपछि आउँदा समेत गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा समेत सुरु गरिसकेको छ ।  गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसरी स्वास्थ्यकर्मीबाट रिफर भई देशका प्रमुख स्थानहरुमा जानुपर्ने भएमा समेत गाउँपालिकाले पूर्ण रुपमा शुल्क निशुल्क गरिसकेको छ ।”

सुलभ मूल्यमा स्वास्थ्य सम्बन्धी समस्या एव आपतकालिन अवस्थामा गाउँपालिका भित्रका तिनवटै एम्बुलेन्सको प्रयोग गर्न गाउँपालिका सम्पूर्ण पालिकावासीहरुमा समेत गरेको छ ।

एम्बुलेन्स चालकहरुको सम्पर्क नम्बर यस प्रकार रहेको छ :

मकैसिंह एम्बुलेन्स : खिल बहादुर सुनार । सम्पर्क नं : ९८०७२८७३५२
दर्बुङ एम्बुलेन्स : भिम नारायण श्रेष्ठ । सम्पर्क नं :९८२६७४५०५२
भूम्लिचोक एम्बुलेन्स : मिन बहादुर गुरुङ । सम्पर्क नं : ९८४१४५४६२१

एम्बुलेन्स सेवा शुल्क यस प्रकार रहेको छ । यस बाहेकका नजिकका स्थानहरुमा सम्बन्धित स्वास्थ्य चौकी व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २१:३०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology