Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाको बुंकोट हटियाबाट सालको अवैध चिरान काठ बरामद

शहिद लखन गाउँपालिकाको बुंकोट हटियाबाट सालको अवैध चिरान काठ बरामद

इच्छाकामना न्युज

१३, माघ २०८०
शहिद लखन गाउँपालिकाको बुंकोट हटियाबाट सालको अवैध चिरान काठ बरामद

घैरुङ । सहिद लखन गाउँपालिका ८ (साबिक बुंकोट गाविस)को हटियाबाट अवैध रुपमा थुपारिराखेको सालको चिरान काठ बरामद भएको छ । बेवारिसे अबस्थामा थुपारिराखेको २४ थान(३१ क्युफिट) चिरान काठ गत मंगलबार बरामद गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

images

‘काठ फेला परेको छ । कागजपत्र केही छैन, कसको हो भन्ने पनि पत्ता लागेको छैन’, कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘गोरखकाली सव डिभिजन वन कार्यालयका प्रमुखलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान कार्य सुरु गरिएको छ ।’ काठ बरामद गरेर डिभिजन वन कार्यालयमा ल्याइएको उनले बताए ।

images
प्रकाशित मिति :माघ १३, २०८० शनिवार - ०९:२३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology