Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि, वडासम्मै पुगेर जनताका समस्या सुन्ने

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि, वडासम्मै पुगेर जनताका समस्या सुन्ने

images

इच्छाकामना न्युज

१३, माघ २०८०
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि, वडासम्मै पुगेर जनताका समस्या सुन्ने
images

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडासम्मै पुगेर जनताका कुरा सुन्न अभियान चलाएको हो ।

कांग्रेसको वडा केन्द्रित अभियान पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म चल्ने बताइएको छ । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियान अन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७ सय ५३ वटै स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटिने छन् । पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य समेत गाउँ–गाउँ पुगेर जनताका समस्या, गुनासा र सुझाव संकलन गर्ने छन् ।

अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने कार्यसूची बनाएको छ । जनताका अपेक्षा, सुझाव र गुनासो र सुझावलाई सम्बन्धित तहका सरकारमा लैजाने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।

सिवाकोटीले जनताका समस्यालाई पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी समाधान खोजिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहल गर्ने बताए ।

पार्टीसँग सम्बन्धित सुझावहरू, गुनासा र सल्लाहलाई भने आगामी महासमिति बैठकमा छलफलको विषय बनाएर अघि बढ्ने उनको भनाइ छ । अभियानले संविधानको भावनाअनुसार समुदायका बिचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने कांग्रेसले जनाएको छ ।

अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने तयारी छ ।

अभियानअन्तर्गत माघ १३ र १४ गते सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगेर जिल्ला कार्यसमितिको विस्तारित बैठक बसाउने कार्यसूची छ भने अभियानको प्रारूप, उद्देश्य र कार्यक्रमका विषयमा छलफल गर्ने र प्रतिनिधि तोक्न परिपत्र गरिएको छ ।

त्यस्तै, माघ १५ गते सबै वडा कार्यसमितिको बैठक बस्ने र माघ १६ गते सहिद दिवसको अवसर पारेर ६ हजार ७ सय ४३ वटै वडामा समुदायमा कांग्रेस अभियान प्रारम्भ हुने केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार वडास्तरमा माघ १६ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् भने माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको समापन हुनेछ ।

अभियानका क्रममा हुने कार्यक्रममा आसन ग्रहण र भाषणका कार्यक्रम नहुने कांग्रेसले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १३, २०८० शनिवार - ०९:४०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology