दर्वुङ । गण्डकी गाउँपालिका–५ दर्वुङमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । ठुलो दर्वुङ सामुदायिक स्वास्थ्य इकाइमा भएको शिविरमा १ सय २१ जनाको आँखा जाँच गराएका थिए ।
गोरखा लायन्स आँखा सेवाकेन्द्रको प्राविधिक सहयोगमा गण्डकी गाउँपालिकाले आयोजना गरेको शिविरमा ४२ जना पुरुष र ७९ जना महिलाको आँखा जाँच भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । आँखा जाँच गराएका मध्ये चार जनामा मोतियाविन्दु देखिएको बताइएको छ ।