Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गण्डकी गाउँपालिकाले सञ्चालनमा ल्यायो दिर्घरोगी तथा गर्भवतीहरुको लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम

गण्डकी गाउँपालिकाले सञ्चालनमा ल्यायो दिर्घरोगी तथा गर्भवतीहरुको लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम

इच्छाकामना न्युज

२२, माघ २०८०
गण्डकी गाउँपालिकाले सञ्चालनमा ल्यायो दिर्घरोगी तथा गर्भवतीहरुको लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम
images

गोरखा । गण्डकी गाउँपालिकाले विश्व क्यान्सर दिवसको अवसरमा  दिर्घरोगी तथा गर्भवतीहरुको निशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । वार्षिक रु एक लाख सम्मको निस्शुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा वडा नं ६ का अध्यक्ष तुलबहादुर गुरुङ तथा  प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले संयुक्त रुपमा क्यान्सर पिडित परिवार तथा गर्भवती महिलालाई बिमा फारम हस्तान्तरण गरेको थियो ।

images
images

गाउँपालिकाले आजकै दिनदेखि पालिकाभरिका सूचिकृत दिर्घरोगीहरुको वार्षिक रु १ लाखसम्मको बिमाका लागि शुल्क भुक्तानी गर्नेछ भने सम्पूर्ण गर्भवती महिलाहरुको समेत सुत्केरी हुदाँ लाग्न सक्ने खर्च एव आमा तथा बच्चाको स्वास्थ्य उपचारमा लाग्ने खर्च न्यूनिकरणका लागि निस्शुल्क स्वास्थ्य बिमा लागु गर्नेछ । यस सुविधा उपभोग गर्नका लागि पालिकावासीहरुले वडा स्थित स्वास्थ्य चौकीहरुमा सम्पर्क गर्नुपर्नेछ ।

यसै गरि कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक नवरा खड्काले क्यान्सर रोगको परिचय, यस रोग लाग्न सक्ने विभिन्न कारणहरु एव यसबाट बच्न सकिने उपायहरुको बारेमा बोलेका थिए । कार्यक्रममा वडा नं ६ का ६० भन्दा धेरै नागरिकहरुको उपस्थिती थियो । 

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ०८:०७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology