Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखकाली रवर उद्योग र बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ: प्रधानमन्त्री प्रचण्ड

गोरखकाली रवर उद्योग र बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ: प्रधानमन्त्री प्रचण्ड

इच्छाकामना न्युज

२२, माघ २०८०
गोरखकाली रवर उद्योग र बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ: प्रधानमन्त्री प्रचण्ड
images

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन्।

images
images

आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताउनु भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ-आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको उनको भनाइ छ।

‘छलफलमा प्रधानमन्त्रीसँग हामीले गाउँपालिकाको तर्फबाट विषयवस्तु राख्याैं,’ अध्यक्ष भट्टले भने, ‘उहाँले जनप्रतिनिधिले उठाएका विषयवस्तुमा केन्द्रित भएर धारणा व्यक्त गर्नुभयो।’

छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराएका थिए।

‘बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीको छ,’ उनले भने, ‘आयोजना निर्माणले अब गति लिन्छ भन्ने विश्वास लिएका छौं।’

प्रधानमन्त्रीले गोरखा नगरपालिका- १३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराउनुभएको अध्यक्ष भट्टले बताए।

‘बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री हुनुहन्छ,’ उनले भने, ‘हामीसँगको कुराकानीका आधारमा जग्गा सरकारकै पूर्ण स्वामित्वमा रहने गरी अन्य संरचनामा निजी क्षेत्रसँग समेत साझेदारी गरेर उद्योग सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच छ।’

जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०/०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गर्नुभएको उनले जानकारी दिए।

प्रधानमन्त्रीलाई भेट्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर उपप्रमुख लिला परियारसहित भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका र सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिलगायत बालुवाटार पुगेका थिए।

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ०९:३०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology