Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले दियो सार्वजनिक विदा

जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२८, माघ २०८०
जनयुद्ध दिवसमा  गण्डकी गाउँपालिकाले दियो सार्वजनिक विदा

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आईतबार एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन फागुन १ गते पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

images

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्वारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २१:५०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology