Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

जनयुद्ध दिवसमा इच्छाकामनामा सम्मान तथा कविता वाचन

जनयुद्ध दिवसमा इच्छाकामनामा सम्मान तथा कविता वाचन

इच्छाकामना न्युज

२, फाल्गुण २०८०
जनयुद्ध दिवसमा इच्छाकामनामा सम्मान तथा कविता वाचन
images

कुरिनटार ।  चितवनको  इच्छकामनामा पनि २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । इच्छाकामना गाउँ कमिटीको आयोजनामा इच्छाकामना ४ स्थित गैरी गाउँमा सम्मान तथा कविता वाचन कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको हो ।  
दिवसको अवसरमा पार्टी संगठनलाई योगदान पु¥याउने, सहिद वेपत्ता परिवार ,अपाङ्ग   जनमुक्ति सेनाका  घाइते, जेल तथा हिरासतमा  जिवन विताएकाहरुलाई सम्मान गरिएको हो । उनिहरुलाई खदा र प्रमाणपत्रका साथ सम्मान गरिएको हो । कार्यक्रममा  इच्छाकामना साहित्य प्रवाहका कविहरु कृष्णप्रसाद पोखरेल, रामजी त्रिपाठी, रामनाथ त्रिपाठी, लगायतले जनयुद्धको उपलब्धी बारे कविता  वाचन गरेका थिए । 

images
images

नेकपा माओवादी केन्द्र वागमती प्रदेशका सचिवालय सदस्य प्रताप गुरुङको प्रमुख अतिथि तथा गाउँ कमिटी अध्यक्ष सावित्रा सिलवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वागमती  प्रदेश सल्लाहकार समितिका सदस्य  गोवद्र्धन अधिकारी लगायतको आतिथ्यता रहेका थिए ।  कार्यक्रम हरि बहादुर थापाले सञ्चालन गरेका थिए ।  

  नेकपा माओवादी केन्द्रले  हरेक बर्ष फागुन १ गते  जनयुद्ध दिवस मनाउँदै आएका छन् ।  २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

जनयुद्ध दिवसका अवसरमा  आज देशका विभिन्न स्थानिय तहहरुले सार्वजनिक विदा समेत दिएका थिए । जनयुद्ध दिवसमा  संघिय सरकारले सार्वजनिक  विदा दिने निर्णय गरेपनि सर्वोच्च अदालतले बदर गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - ११:२२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology