Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

इच्छाकामना न्युज

३, फाल्गुण २०८०
अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

images

साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

अधिकांश नेपाली कामदार जेल सजाय सकिएपछि पनि लामो समय जेलमा नै रहनुपर्ने अवस्था रहेको दूतावासमा रिपोर्ट आउने गरेको भन्दै उनले तत्काल यो समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । अदालती मुद्दामा नेपाली भाषा अनुवादक नराखी मुद्दाको सुनुवाइ हुने अवस्थामा भाषाको कारण सत्यतथ्य सुनुवाइ कठिन हुने अवस्था रहेको उनले बताए । मुद्दाको अनुसन्धानमा ढिलाइ हुने गरेका कारण श्रमिकले धेरै समय हिरासतमा बस्नुपर्ने अवस्था रहेकाले चाँडो अनुसन्धान गर्न सहजीकरण गरिदिन पनि उनले माग गरेका छन् ।

अरबी भाषाको ज्ञानको कमीका कारण आफ्नो भनाइ राख्न नसकेर पक्राउपछि कतिपय श्रमिकलाई स्वच्छ सुनुवाइमा कठिनाइ भई झुठा मुद्दा लाग्नसक्ने अवस्था रहेको लगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ । साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल जीवन बिताइरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०९:१६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology