Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

शहिद लखन गाउँपालिकाले विविध कार्यक्रम गरी प्रथम शहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस मनायो

शहिद लखन गाउँपालिकाले विविध कार्यक्रम गरी प्रथम शहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस मनायो

इच्छाकामना न्युज

३, फाल्गुण २०८०
शहिद लखन गाउँपालिकाले विविध कार्यक्रम गरी प्रथम शहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस मनायो
images

घैरुङ । प्रथम सहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस सहिद लखन गाउँपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा पालिकामा प्रथम अन्तर वडा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

images
images

प्रतियोगितामा वडा नम्वर १ प्रथम बनेको छ । उक्त टिमले १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा वडा नं ४ दोस्रो, वडा नं ५ तेस्रो र वडा नं २ सान्त्वना भएका छन् । उनीहरुले क्रमश ५० हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । प्रतियोगितामा वडा नं १ का प्रितम थापा मगर सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उनले ४ हजार नगद पुरस्कार पाएको बताइएको छ ।

दिवसकै अवसरमा पालिकाभित्रका उत्कृष्ट किसानहरु सम्मानित भएका छन् । पशुपालनतर्फ र खेतिबालीतर्फ प्रत्येक वडाबाट एक जनाका दरले किसानहरुलाई सम्मान गरिएको पालिकाले जनाएको छ । उनीहरुलाई प्रमाणपत्रका साथमा प्रतिव्यक्ति १० हजार रकम पनि उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । पालिकाभित्रका एकजना सर्वाेकृष्ट किसान छनोट गरी १६ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको उनले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा पालिका भित्रका विद्यालयबाट कक्षा ५, ८ र १० को परीक्षामा उत्कृष्ट अंक ल्याउने १९ जना बिद्यार्थीलाई पनि सम्मान गरिएको छ । जनही ५ हजार सहित प्रमाणपत्रले उनीहरुलाई सम्मान गरिएको हो । पालिकाबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर पदक जितेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा सहिद लखन थापालाई राष्ट्रिय बिभूति घोषणाको माग गर्दै गाउँपालिका, नेपाल मगर संघ केन्द्रीय समिति र लखन थापा स्मृति प्रतिष्ठानले संयुक्त रुपमा गण्डकी प्रदेश सभामुख कृष्ण धिताललाई ज्ञापन पत्र बुझाएका थिए । साथै वडा नं ७ बुंकोट काहुलेभंगारमा रहेको लखन थापाको किल्लालाई व्यवस्थित बनाउन पनि उनीहरुले माग गरेका छन् ।

सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख कृष्ण धिताल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, पालिका उपाध्यक्ष इन्दिरा तिवारी, पालिकाका प्रमुख प्रसाशकिय अधिकृत मगर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहिद लखन थापा मगर र उनका सहयोद्धा सहिद जयसिंह चुमी रानाको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०९:३४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology