Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

इच्छाकामना न्युज

७, फाल्गुण २०८०
प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीदहरुको सम्मानार्थ शहीद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

images

सो अफर आइतबारदेखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ । कम्पनीकाअनुसार साविक बमोजमको फ्रि रिसोर्सेस अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

त्यसैगरी एफटीटीएच अन्तर्गत वार्षिक ५० एमबीपीएसको वान टाइम प्याकेज र कम्बो वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ ।

यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आगामी फागुन १२ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - ०९:०३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology