तनहुँ – तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । तनहुँको टुटेपानीमा भएको अधिवेशनले मिना तमुस्योको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सचिवमा करुणा तमुस्यो निर्वाचित भएका छन् ।
करुणा तमुस्यो लामो समयदेखि राजनीति तथा समाज सेवामा परिचित अनुहार हुन् । उनी बन्दिपुर गाउँपालिका तनहुँको पूर्व उपाध्यक्ष समेत हुन् । तमुस्योले जनप्रतिनिधिको रुपमा रहदा वा सामाजिक रुपमा आफूलाई स्थापित नेत्रिको रुपमा परिचय बनाइसकेको छ ।