Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

छोरी जन्माएर मार्ने आमा बुंकोटकी मञ्जु श्रेष्ठ १७ बर्षपछि पक्राउ

छोरी जन्माएर मार्ने आमा बुंकोटकी मञ्जु श्रेष्ठ १७ बर्षपछि पक्राउ

इच्छाकामना न्युज

१९, फाल्गुण २०८०
छोरी जन्माएर मार्ने आमा बुंकोटकी मञ्जु श्रेष्ठ १७ बर्षपछि पक्राउ
images

बुंकोट । छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिद लखन गाउँपालिका ७ बुंकोटकी ३६ बर्षकी मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
images

उनलाई कैद सजायँ असुलका लागि शुक्रबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँचसय रुपैयाँ जरिबाना फैसला गरेको थियो । मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुईबर्ष कैद सजायँ फैसला गरेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - ११:३६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology