Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखा एमालेमा सुरेन्द्र थापाको प्यानलै विजयी, उपसचिवमा मनकामनाका मनोज जोशी निर्वाचित

गोरखा एमालेमा सुरेन्द्र थापाको प्यानलै विजयी, उपसचिवमा मनकामनाका मनोज जोशी निर्वाचित

इच्छाकामना न्युज

२८, फाल्गुण २०८०
गोरखा एमालेमा सुरेन्द्र थापाको प्यानलै विजयी, उपसचिवमा मनकामनाका मनोज जोशी निर्वाचित
images

गोरखा । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी हुनु भएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको छ ।

images
images

विजयी थापाको २८० र पराजित हुनु भएका नेपालीको २०५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा थापा प्यानलका मेन बहादुर अधिकारी १४९ मतले विजयी हुनु भएको छ । विजयी अधिकारीले २७१ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत पाउनु भयो । उपाध्यक्षका अर्का उम्मेदार कृष्ण काप्रीले ७१ मत पाउनु भयो ।

सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याएर पराजित हुनु भयो । उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गर्नु भयो । त्यस्तै उपसचिवका उम्मेदार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गर्नु भयो ।

उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी नानु थापा मगरले १५० मत पाउनु भएको छ ।

एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेसन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो ।

निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान ३ बजे मात्र सार्बजानिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०८० सोमवार - ०८:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology