Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनकै सम्पर्क !

सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनकै सम्पर्क !

पत्रपत्रिका

१, चैत्र २०८०
सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनकै सम्पर्क !

सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखिएको हो।

images

ब्युरो स्रोतले लिएको कल डिटेल रेकर्ड (सिडिआर) मा अर्थमन्त्री पुनको सुन तस्करीमा संलग्न रहेका जीवनकुमार गुरुङसँग सम्पर्क देखिएको छ। भन्सार विभागले समेत अनुसन्धान गरिरहेको अवस्थामा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र सुन तस्करीमा अनुसन्धान भइरहेका गुरुङबीच ११ पटक फोनमा कुराकानी भएको भेटिएको छ।

पुनले मोबाइलबाट गुरुङको नम्बरमा ६ पटक फोन गरेको कल डिटेलमा देखिन्छ। गुरुङले पनि सातपटक पुनलाई फोन गरेको देखिएको छ। तर उनीहरूबीच के कुराकानी भएको थियो भन्नेबारे कुनै तथ्य बाहिर आउन सकेको छैन।

अनुसन्धानका लागि हिरासतमा रहेका गुरुङले वर्षमान पुनसँग कुराकानी भएको स्विकारेका छन्। तर उनले के विषयमा कुराकानी भएको थियो भन्नेबारे खुलाएका छैनन्। ‘कुराकानी भएको देखिन्छ, आरोपी गुरुङले कुराकानी भएको स्वीकार गरेको पनि देखिन्छ तर विषय भने खुलाएका छैनन्, यो विषयमा थप अनुसन्धान भइरहेको छ,’ सिआइबी स्रोतले भन्यो।

सुन तस्करीमा संलग्नता भनिएका गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा कार्यरत रहेको र उनलाई वर्षमान पुनले सम्पर्क गरेको बिन्दुबाट प्रहरीले यो विषयमा थप अनुसन्धान सुरु गरेको छ। केही समयअघि वर्षमानले आफ्नो नाम सुन तस्करीमा संलग्न तिब्बत मूलका भारतीय नागरिक दावा छिरिङ र रोल्पाकी अमला रोकासँग मुछिएपछि सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - ०८:३४:१० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology