Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

‘सिड्नी ब्लूज’मा पुष्पको जोडी बन्दै अन्जना

‘सिड्नी ब्लूज’मा पुष्पको जोडी बन्दै अन्जना

इच्छाकामना न्युज

५, चैत्र २०८०
‘सिड्नी ब्लूज’मा पुष्पको जोडी बन्दै अन्जना

काठमाडौँ । जुन महिनाबाट फ्लोरमा जान लागेको फिल्म ‘सिड्नी ब्लुज’मा पुष्प खड्का र अन्जना बराइली जोडी बन्ने भएका छन् ।

images

नायक पुष्प खड्काले नयाँ फिल्म साइन गरेसँगै उनीहरू मुख्य भूमिकामा देखिने पक्का भएको हो । फिल्मका लागि नायिका अन्जना बराइली यसअघि नै फाइनल भइसकेकी छिन् ।

अन्जनासँगै फिल्ममा रवीन्द्र झा, शिव आर ठकुरी लगायतको प्रमुख भूमिका रहनेछ । शिवले यही फिल्ममार्फत डेब्यू गर्न लागेका हुन् । 

शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलियामा र ३० प्रतिशत नेपालमा गरिने निर्माणपक्षले बताएको छ ।

केही ग्याप पछि फर्किएका पुष्पको यो फिल्ममा चार किसिमको लुक्स हुनेछ भने  नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनचेर सेट र प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक कार्कीले बताएका छन् ।  

आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले बनाउन लागेको यो  फिल्ममा शिव आर ठकुरीको कथा, किरण घिमिरेको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

फिल्म आगामी पौष महिनामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०८:२४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology