Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

मुग्लिनमा ट्याक्सी दुर्घटना : ३९ वर्षीय छोराको अन्त्येष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया

मुग्लिनमा ट्याक्सी दुर्घटना : ३९ वर्षीय छोराको अन्त्येष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया

images

इच्छाकामना न्युज

१७, चैत्र २०८०
मुग्लिनमा ट्याक्सी दुर्घटना : ३९ वर्षीय छोराको अन्त्येष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया
images

मुग्लिन। शनिवार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ । मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका(उपरकोटी),हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन् । हरिमायाका नाति दिवस रोका भने बेपत्ता छन् । 

गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन् । उनीहरू जुनमाया रोकाका छोरा ३९ वर्षीय शङ्कर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्येष्टि गरेर शनिवार बिहान घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । 

‘जुनमायाको छोरा शङ्करजीको हिजो काठमाडौँमा मृत्यु भएकाले उहाँहरू (मृतक शंकरका आमा, छोरा, दिदी बहिनी, ज्वाइँ, भान्जा सबै पशुपतिमा अन्त्येष्टि सकाएर आज घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएछ । शङ्करजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत आएको छ’ वडाध्यक्ष श्रेष्ठले भने । 

मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिवार घर फर्किँदै थिए । शंकरकोश्रीमती भने अर्कै गाडीमा बसेकालेदुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए । 

दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाअध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन्। 

images
प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - १३:५३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology