Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आगलागीबाट क्षति पुगेको शहिद लखनको बुंकोट स्वास्थ्यचौकी पुनर्निर्माणका लागि ४० लाख विनियोजन

आगलागीबाट क्षति पुगेको शहिद लखनको बुंकोट स्वास्थ्यचौकी पुनर्निर्माणका लागि ४० लाख विनियोजन

इच्छाकामना न्युज

२१, चैत्र २०८०
आगलागीबाट क्षति पुगेको शहिद लखनको बुंकोट स्वास्थ्यचौकी पुनर्निर्माणका लागि ४० लाख विनियोजन

बुंकोट । आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ बुंकोट स्वास्थ्यचौकी भवन पुनर्निर्माणका लागि ४० लाख रकम बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट उक्त रकम बिनियोजन भएको हो । शुक्रवार बसेको कार्यकारी समितिको बैठकले रकम विनियोजन गर्ने निर्णय गरेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव तिर्थराज भट्टराईले बताए ।

images

‘त्यो रकम हामीले सम्बन्धित पालिकाको स्थानीय विपद व्यवस्थापन कोषमा पठाउँछौ,’ उनले भने, ‘पालिकाले भवन पुनर्निर्माणको प्रक्रिया अघि बढाउछ ।’ रकम प्राप्त भएपछि लागत स्टमेट गरेर ठेक्का आव्हान गर्ने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘रकम हाम्रो कोषमा आइसकेको छैन, आएपछि भवन निर्माण प्रक्रिया अघि बढाइहाल्छौँ,’ उनले भने ।
गत जेठ ७ गते बिद्युत सर्ट भएर स्वास्थ्यचौकी भवन आगलागी भएको थियो ।

आगलागीबाट चौकीको माथिल्लो तल्लाको स्टोर, हल र प्रशासन शाखामा भएको सबै सामग्री जलेर नष्ट भएको थियो । भवनमा क्षति पुगेसँगै स्टाफको क्वाटर व्यवस्थापन र औषधी लगायतका सामग्री भण्डारणमा समस्या भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । ‘आगलागी भएको माथिल्लो तला स्टाफको क्वाटर, प्रशासन र स्टोर रुम थियो,’ उनले भने, ‘अहिले वडा कार्यालय रहेको भवनमा स्टाफ बस्ने गर्नुभएको छ । कार्यालय समय वाहेक अन्य समयमा बिरामी स्वास्थ्यचौकी आउनुपर्दा स्टाफलाई बेलाउन जान पनि समस्या फेरि स्टाफलाई तल चौकीसम्म आउन पनि समस्या हुने गरेको छ ।’

हालको भवनमा पानी लिकेज हुने गरेको र बिद्युतको पनि समस्या भएको उनले जानकारी दिए । स्टोर रुमको अभावमा औषधी लगायतका आवश्यक सामग्री भ¥याङमुनि भण्डारण गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । नयाँ भवन बनेपछि सहज हुने उनले अपेक्षा गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - ०८:३७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology