पाँचकिलो । मुग्लिन नारायण सडक खण्ड अन्तर्गगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ पाँचकिलो नजिकै ट्रक दुर्घटना हुदाँ २ जना घाइते भएका छ । शनिबार दिउँसो मुग्लिङ्गबाट नारायणगढतर्फ जादै गरेको ग. २ ख. ८९७ नम्बरको गिटी बोकेको ट्रक दुर्घटना हुदाँ उनीहरु घाइते भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मध्यविन्दु नगरपालिका १५ चोरमाराका ३५ वर्षिय हरिनारायण महत्तो र सह–चालक मध्यविन्दु नगरपालिका ६ बस्ने वर्ष २६ को टेकनारायण थापा रहको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएसंगै इलाका प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा घाइतेको उद्दार गरी उपचारको लागि भरतपुर पठाइएको थियो ।
दुर्घटनाको प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार ट्रकको टायर पड्कीयर अनियन्त्रीत भई दुर्घटना भएको जनाएको छ ।