Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै

प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै

इच्छाकामना न्युज

२५, चैत्र २०८०
प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै
images

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् ।

images
images

भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आउन लागेका हुन् ।

बिहान ११ बजे प्रधानमन्त्री चितवन आउने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्रीले चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

आज दिउँसो ४ बजे उनले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पहिलो चितवनमा हजारौं खेलाडीको सहभागिता रहने गरी अन्तर प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइन् ।

उनले भरतपुर भ्रमण बर्षलाई प्रवद्र्धन गर्नका लागि यस्ता प्रतियोगिता, विभिन्न संघसंगठनका भेला, महाधिवेशन जस्ता कार्यक्रमहरु भरतपुरमा आयोजना भैरहेको उनले बताइन् ।

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ०८:२४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology