Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

१० लाख ऋणको ब्याज मात्र ८५ लाख

१० लाख ऋणको ब्याज मात्र ८५ लाख

इच्छाकामना न्युज

२६, चैत्र २०८०
१० लाख ऋणको ब्याज मात्र ८५ लाख

काठमाडौं । नारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो  ।  तर  सहकारी  संस्थाबाट  लिएको  ऋणको  मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।दीर्घनारायणले  भन्नुभयो,  “चिन्ताले  म  डिप्रेसनको  सिकार  भएको  छु  । 

images

 औषधि  खानुपर्ने  बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।”भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको  छिपछिपे  उपभोक्ता  सहकारी  संस्थाको  बचतकर्ता  हुनुभयो  ।  त्यसको  पाँच  महिनापछि  १०  लाख  रुपियाँ  लगानी  गरेर  सेयर  सदस्य  हुनुभयो । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो  ।  सहकारीको  अध्यक्ष  र  प्रबन्ध  निर्देशक  पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भन्नुभयो, “भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ ।

 अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।”२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ  पु¥याइयो  ।  त्यो  ६०  लाख  असुल  गर्नका  लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ  उपलब्ध  गराइयो  ।

  छिपछिपे  सहकारीको  अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज  सहकारीको  सचिव  रहेको  जानकारी  दिइएको छ ।२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पु¥याइयो । उता सनराइजको  ब्याज  महिना  महिनामा  तिरेको  ३०  लाख र छ महिना अघिसम्मको जोड्दा थप एक करोड २६ लाख रुपियाँ पुगिसकेको थियो ।

 त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार चार करोड रुपियाँ पर्ने जग्गा दुई करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको एक करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ ।यहाँसम्म   आइपुग्दा   भुर्तेल   परिवारले   सनराइजलाई  एक  करोड  ५६  लाख  रुपियाँ  र  छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख  रुपियाँबराबरको  सेयरको  हिसाबकिताब  र  मासिक बचतको हिसाब कतै देखिन्न । 

सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ ।नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पव्रmाउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल  र  सहकारीबाट  हिनामिना  गरिएको  रकम  व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पव्रmाउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिनुभयो । “सरकारीमार्फत बचतकर्ताकोे रकम  हिनामिनामा  ठुलो  गिरोह  सव्रिmय  भएको  देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,” उहाँले भन्नुभयो ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - ०८:००:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology