आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुगाउँमा साथीसाथी बिच झगडा हुदाँ गोरखा शहिद लखन गाउँपालिकाका एक किशोरको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा शहिद लखन गाउँपालिका ३ सिलिङका १८ वर्षीय अमन गुरुङ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घटना मंगलबार राती करिब ९ बजे तिर घटेको हो । आँबुगाउँको चौतारमा सँगै बसेर खाजा खाईरहदा एकापसमा झगडा भै धकेला धकेल भएपछि मृतक गुरुङ डिलबाट खसेर खोल्सामा पुग्दा ज्यान गएको हो ।
घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई आज बिहिबार म्याद थपका लागि जिल्ला अदालत तनहुँमा पेश गरिने प्रहरीले जानकारी दिएको छ ।
यस्तै मृतकको शवलाई पोष्टमार्टमका लागि दमौली पठाईएको पनि प्रहरीले जानकारी दिएको छ ।