मुग्लिन । नयाँलाई प्रोत्साहन, अग्रजलाई सम्मान भन्ने मूल नाराका साथ चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा स्थापित संस्था इच्छाकामना त्रिवेणी कलाकेन्दको आयोजनामा साँस्कृतिक वनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आयोजनामा शुक्रबार भरतपुर २९ स्थित भतेरी ओरोलोको खरानीचौरमा अवस्थित वनभोज स्थलमा एक कार्यक्रमको आयोजना गरेर साँस्कृतिक वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
कलाकेन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ लोकदोहोरी गायक अमर विरही गुरुङ प्रमुख अतिथि रहनुभएको थियो भने इच्छाकामना त्रिवेणी कलाकेन्दको अध्यक्ष काजीमान थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा चर्चित लोकदोहोरी गायक चन्द्र परियार, कमल सापकोटा, पृथ्वी गुरुङ, राकेश थापा लगायत संस्थामा आवद्ध स्थानीय कलाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।