Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

images

एजेन्सी

१७, बैशाख २०८१
भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते
images

नयाँदिल्ली । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ । सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् ।

भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । दुर्घटना बेमेत्रा थाना क्षेत्रको काथिया गाउँमा भएको हो ।

जानकारीका अनुसार सिमगा नजिकैको तिरैया गाउँमा छठी कार्यक्रममा सहभागी हुन पिकअपमा ४०–५० जना गएका थिए । फर्कदै गर्दा राति करिब २ः३० बजे यो दुर्घटना भएको हो । घाइते ११ जनालाई बेमेत्रा जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । जबकि ८ जनाको शव र १२ घाइतेलाई सिमगा सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - ०८:३५:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology