Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शहिद लखनको ताक्लुङमा रहेको अर्लाङ्दी माईको मन्दिर पुनः निर्माण, गाउँपालिका अध्यक्ष रमेश थापाद्वारा उद्घाटन

शहिद लखनको ताक्लुङमा रहेको अर्लाङ्दी माईको मन्दिर पुनः निर्माण, गाउँपालिका अध्यक्ष रमेश थापाद्वारा उद्घाटन

इच्छाकामना न्युज

२३, बैशाख २०८१
शहिद लखनको ताक्लुङमा रहेको अर्लाङ्दी माईको मन्दिर पुनः निर्माण, गाउँपालिका अध्यक्ष रमेश थापाद्वारा उद्घाटन
images

मनाेज राना, गाेरखा ।  जिल्लाकाे  सहिद लखन गाउँपालिका वडा नं ४ ताकलुङ आर्लाङ्दीमा रहेको पुरानो मन्दिर पुनर्निमाण भएकाे छ ।

images
images

०७२ बैशाख १२ को भूकम्पले भत्किए पछि नेपाल सरकार,संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पूरातत्व विभागद्वारा आ .ब.०७९/०८० को बिनियोजित बजेट रु ३४,५९,१४५/४६ को लागतमा आर्लाङ्दी माईको मन्दिर पुन निर्माण सम्पन्न भएको हाे ।

एम. वि. एण्ड सन्स कन्ट्रक्सन ले निर्माण गरेको मन्दिरकाे  काम सकिएसँगै आज शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले उद्घाटन गरेका छन्।

मगर भाषामा आर्लाम भनेको अविवाहित तरुनी ( युवती) र डि भनेको पानी हो । सफा तलाउ वा पोखरीमा उत्पति रहेको कन्न्या अर्थात जल कन्न्या नै आर्लाङ्दी माई हो ।

सोही रुपमा आर्लाङ्दी माईलाई स्थानीय बासिन्दाले पूजा आजा गर्दै आईरहेका छन् । यस देवीलाई माई मनकामनाको दिदी बहिनीको रुपमा पनि लिने गरिन्छ ।

मनकामना मन्दिरको अष्ट मातृकाको रुपमा यस मन्दिरलाई लिने गरिन्छ । मन्दिर पुन निर्माण भए पछि यहाँ भक्तजन तथा दर्शनार्थीहरुको आकर्षण बढ्ने र आन्तरिक पर्यटनको विकास हुने धारणा वडा अध्यक्ष यम ब. थापाले जानकारी दिए ।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - २२:१७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology