Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदै
images

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि आज बिहान सवा १० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

images
images

प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिन बैठक बोलाएको थियो । तर सत्तारुढ दल नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि बैठक स्थगित भएको थियो ।

अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने जनाएको छ । एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदीस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - ०७:२८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology