Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

एटलान्टाले पहिलो पटक जित्यो युरोपा लिगको उपाधि

एटलान्टाले पहिलो पटक जित्यो युरोपा लिगको उपाधि

एजेन्सी

१०, जेठ २०८१
एटलान्टाले पहिलो पटक जित्यो युरोपा लिगको उपाधि
images

काठमाडौँ । इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो ।

images
images

एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औं, २६औ र ७५औं मिनेटमा गोल गरेका थिए । एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।

images
प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - ०८:१७:०८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology