मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तुइन खोला भिरको ३ नं. पुल नजिक खसेको पहिरोमा परेर एक्साभेटर मेसिन च्यापिदा मेसिनका अपरेटरको मृत्यु भएको छ ।
आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी अनक कन्स्ट्रक्सनको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो। पहिरोले मेसिनमा पनि क्षति पुगेको छ ।
यस्तै मृत्यु हुनेमा बर्दिया घर भएका एक्साभेटर मेसिन अपरेडर मंगल चौधरी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिएको छ ।