ताक्लुङ । सहिद लखन गाउँपालिका–४ ताक्लुङमा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चालिसेबाट घर फर्कंदै गर्दा हावाहुरीले बाटोमा रहेको समीको हाँगा भाँच्चिएर लाग्दा ताक्लुङका गिरबहादुर राना घाइते भएका थिए ।
घाइते भएका रानालाई उपचारका लागि चितवन भरतपुरको मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा आज (शुक्रबार) उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।








