Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मधेश सरकारमा जनमतको इन्ट्री, एक सिटेलाई गृहमन्त्री

मधेश सरकारमा जनमतको इन्ट्री, एक सिटेलाई गृहमन्त्री

इच्छाकामना न्युज

२५, जेठ २०८१
मधेश सरकारमा जनमतको इन्ट्री, एक सिटेलाई गृहमन्त्री

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतीशकुमार सिंह नियुक्त हुँदैछन्। शुक्रबार नै सिंहले शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्रीसँगै केही मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नेछन्।

images

एमालेबाट भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्र अर्थ र पर्यटन, नेकपा एस कृषि, ऊर्जा तथा सिँचाइ मन्त्री बन्ने टुङ्गो लागेको छ।

१–१ सिटको नेपाल सङ्घीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।

नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी तरन्नुम गृह मन्त्री बन्ने पक्का भएको छ। जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ। मधेसमा ११ वटा मन्त्रालय रहेका छन्।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिनुअघि सिंहले दाबी पेश गरेका छन्। बुधबार प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका थिए। यससँगै प्रदेश प्रमुख भण्डारीले शुक्रबार बिहान १० बजेसम्मको समय दिएर संविधानको धारा १६८ (२) नयाँ सरकार गठनको आह्वान गरेकी थिइन।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै नेकपा एमाले र माओवादीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएपछि जनमतलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो।

जनमतलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेका छन्। जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले ५५ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरिएको जानकारी दिए।

जनमत पार्टीका १३, एमालेका सभामुखबाहेक २४, माओवादीका ९, एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीका एक–एक सांसदले हस्ताक्षर गरेका छन्। १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई रोकेर जनमत पार्टीले अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। उनी सप्तरी क्षेत्र–२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो।

जसपा नेपालका सरोज यादव २०७९ पौष २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। यादव नेतृत्वको सरकार ढलेसँगै झण्डै साढे ६ वर्षको अवधिपछि जसपा नेपाल मधेस सरकारबाट बाहिरिएको छ। अघिल्लो प्रदेश सभामा जसपा नेपालकै लालबाबु राउतले ५ वर्ष नेतृत्व गरेका थिए।

images
प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ०९:२१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology