Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मोदीलाई बधाई दिन प्रधानमन्त्री प्रचण्ड छोरीसहित भारत जाँदै, शपथग्रहणमा सहभागी हुने

मोदीलाई बधाई दिन प्रधानमन्त्री प्रचण्ड छोरीसहित भारत जाँदै, शपथग्रहणमा सहभागी हुने

इच्छाकामना न्युज

२७, जेठ २०८१
मोदीलाई बधाई दिन प्रधानमन्त्री प्रचण्ड छोरीसहित भारत जाँदै, शपथग्रहणमा सहभागी हुने
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको बलमा तेस्रो पटक प्रधानमन्त्री भएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा भाग लिन भारत जाँदैछन्।

images
images

दाहाल पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली जान लागेका हुन्। भारतमा हालै सम्पन्न निर्वाचनपछि नरेन्द्र मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन्। आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी छोरी एवम् स्वकीय सचिव गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मोदीले शपथ लिएपछि आइतबारै प्रधानमन्त्री मोदी र दाहालबीच भेटवार्ता गर्ने कार्यक्रम छ।

दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन्। भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिवार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए। प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए।

images
प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ०८:४७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology