Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

वडा नं. १ को कार्यालय भवन निर्माण अलपत्र पारेपछि शहिद लखनद्वारा लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिसको तयारी

वडा नं. १ को कार्यालय भवन निर्माण अलपत्र पारेपछि शहिद लखनद्वारा लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिसको तयारी

images

इच्छाकामना न्युज

२७, जेठ २०८१
वडा नं. १ को कार्यालय भवन निर्माण अलपत्र पारेपछि शहिद लखनद्वारा लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिसको तयारी
images

घैरुङ । शहीदलखन गाउँपालिकाले लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचिमा राख्न सिफारिसको तयारी गरेको छ । पालिकाको वडा नम्वर १ को कार्यालय भवन निर्माणको जिम्मा लिएर अलपत्र पारेको भन्दै पालिकाले कारवाहीका लागी सिफारिस गर्नै तयारी गरेको हो ।
शुक्रवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले वडा कार्यालय भवन निर्माणका लागी थप गरिएको म्यादमा समेत काम नसकेको र म्याद थपका लागि कार्यसम्पादन जमानत पेश नगरेको जनाएको छ ।

गोरखा नगरपालिका–६ स्थित उक्त निर्माण कम्पनी र पालिका बीच वडा कार्यालय भवन निर्माणका लागी २०७९ साल बैशाख १ गते सम्झौता भएको थियो । समयमै काम सम्पन्न नगरेर थप भएको म्यादमा पनि काम नसकेको र म्याद थपका लागी कार्यसम्पादन जमानत समेत पेश नगरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।

‘पाँच दिनभित्र कार्यसम्पादन जमानत सहित कार्यालयमा सम्पर्क गर्न भनेर जेठ ४ गते पत्राचार समेत ग¥यौ,’ उनले भने, ‘तोकिएको समयभित्र कार्य सम्पादन जमानत पेश नगरेकोले बिहीवारको गाउँ कार्यपालिकाको बैठकले उक्त ठेक्का रद्द गरी कारवाहीको लागि कालोसूचीमा राख्न किन सिफारिस नगर्ने र कानून बमोजिम अन्य कारवाही किन नगर्ने भनी लिखित स्पष्टिकरण माग गरेका छौँ ।’

सात दिनभित्र कारणसहित कार्यालयमा उपस्थित भएर लिखित जवाफ दिन पालिकाले भनेको छ । अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढ्ने बताइएको छ । लक्ष्मी कस्ट्रक्सनलाई यसअघि सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राखिसकेको छ । सिरानचोकको सडक स्तरोन्नतीको योजना लिएर वेपत्ता बनेको भन्दै कार्यालयले कालोसूचिमा राखेको हो ।

images
प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ०९:११:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology