कुरिनटार । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा विषादी सचेतनाम सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास कार्यालय भरतपुर चितवनको आयोजनामा माध्यमिक विद्यालयमा विषादी सचेतना कार्यक्रम अन्तरगत सर्वशान्ति माविमा मंगलबार कार्यक्रम सम्पन्न गरेको हो ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कडेँलले विद्यार्थीहरुद्धारा घर र समुदायमा सचेतना पुर्याउने उदेश्यले विद्यालयमा विषादी सचेतना सम्बन्धी कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रासाद अधिकारीले सकभर विषादी प्रयोग गर्न नहुने बताउनुभयो । विषादी प्रयोग नगर्नका लागि सबैले प्रतिबद्धता जाहेर गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना विषादी सचेतना कार्यक्रम गरेकोमा कृषि विकास कार्यालय चितवनलाई धन्यवाद दिनुभयो । विद्यार्थीहरु मार्फत अभिभावक र समुदायमा सचेतना पुग्ने भएकाले विद्यार्थीहरुलाई विषादीको असर र प्रयोग गर्ने विधिका बारेमा जानकारी गराउने काम महत्वपूर्ण भएको उहाँको भनाई छ । सकेसम्म विषादी प्रयोग गर्न नहुने तर गर्न परे अपनाउनुपर्ने विधिहरुको बारे सिकेका कुराहरु अभिभावक, छिमेकी तथा साथीहरु सम्म लैजान सहभागी विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
सर्वशान्ति माविको व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवालले विषाधी प्रयोग बढेको भन्दै आफुले विषादी प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने ज्ञानहरु सिक्न जान्न र बुझ्न आवश्यक रहेको महशुस गरिरहेको बताउँदै आज विद्यार्थी भाइबहिनीहरुलाई सो ज्ञान सिकाएकोमा जिल्ला कृषि विकास कार्यालय भरतपुरलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भरतपुर चितवनका बालि संरक्षण अधिकृृत गीता केसीले विषाधीको पहिचान, प्रयोग गर्ने विधि र अपनाउनुपर्ने सावधानका बारे जानकारी गराउनुभएको थियो ।
गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक भक्त बहादुर गुरुङले विषादी प्रयोगबाट स्वास्थ्यमा पर्ने असर सावधानी, विकल्पका बारेमा सहभागी विद्यार्थीहरुलाई जानकारी दिनुभयो ।
कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरु, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, विद्यालयका,प्रधानाध्यापक जोहन खरेल लगायतको सहभागिता रहेको थियो ।