Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

म्याग्दे गाँउपालिकाको आगामी आव ०८१/०८२ को निती तथा कार्यक्रम पारित, गाँउपालिकालाई स्मार्ट र नगरन्मुख बनाईने 

म्याग्दे गाँउपालिकाको आगामी आव ०८१/०८२ को निती तथा कार्यक्रम पारित, गाँउपालिकालाई स्मार्ट र नगरन्मुख बनाईने 

इच्छाकामना न्युज

७, आषाढ २०८१
म्याग्दे गाँउपालिकाको आगामी आव ०८१/०८२ को निती तथा कार्यक्रम पारित, गाँउपालिकालाई स्मार्ट र नगरन्मुख बनाईने 

तनहुँ । म्याग्दे गाँउपालिकाको आव ०८१।०८२ को निती तथा कार्यक्रम पारित भएकोछ । अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभाको १६ औ अधिवेशनवबाट आठौ निती तथा कार्यक्रम पारित भएको हो । 

images

गाँउसभावाट क्षेत्रगत रुपमा विभिन्न नीतिहरु पारित भएका छन् जसअन्तरगत कृषि विकास तथा कृर्षि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्ष सँग कृषि कार्यक्रम संचालन गरिने भएको छ । त्यस्तै आली देखि नालीसम्म, खाद्य स्वच्तता कायम गर्न वसे पनि शहर गाँउकै खाने रहर नारा लाई व्यवहारिक कार्यन्वयनका लागी कोदोको मम,कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, वेलको जुस उत्पादन, वजारीकरण गरिने उल्लेख गरिएकोछ । 

यसैगरि पशुसेवा तथा प्रसार कार्यक्रम अन्तरगत अध्यक्ष सँग पशु कार्यक्रम संचालन गरिने भएको छ  भने घरेलु तथा साना उद्योग तर्फका विभिन्न कार्यक्रमहरु समावेश गरिएकाछन् । जसमा स्थानीय सीप श्रोत, साधन एवं प्रविधिीको प्रयोगलाई वढावा दिईने, व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने उल्लेख गरिएको । स्थानिय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गर्ने उल्लेख गरिएको छ ।

निती तथा कार्यक्रममा पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय क्षेत्रका विषय समेटिएका छन् । समाजिक विकास समिती तर्फ शिक्षा क्षेत्रलाई प्राथमिकता दिईएको छ भने साथीवाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रमलाई विशेष महत्व दिईने उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्र तर्फ म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई स्वास्थ्यको मुल आधार वनाईने उल्लेख गरिएको छ ।

myagde 1.jpg

यसैगरि निति तथा कार्यक्रममा युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा विेशष जोड दिएको छ । अपाङ्गता, जेष्ठ नागरिक र अन्य तर्फका कार्यक्रमलाई उपाध्यक्ष सँगको कार्यक्रममा जोडी अगाडी वढाईने उल्लेख गरिएको छ । 
खानेपानी तथा सरसफाई फोहारेमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाँउपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नितिलाई अवलम्वन गरिने उल्लेख गरिएको छ । 

भाषा र संस्कृतिक र साहित्य तर्फ स्थानिय मौलिक सांस्कृतिक पर्यन र उत्पादन सँग जोडेर विकास गरिने उल्लेख गरिएको छ भने गैसस,निजि क्षेत्र, सहकार्य साझेदारी कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख  छ। 

गाँउपालिकालाई स्मार्ट तथा नगरउन्मुख गाँउपालिका वनाउन ५ वर्ष भित्र निरन्तर कार्यन्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्ष सँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा  स्वरोजगार कार्यक्रम, अति गरिव विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने उल्लेख छ । 

त्यसैसगरि समग्र पुर्वाधारजन्य कार्यप्रक्रियाको सम्वन्धमा निति तथा कार्यक्रममा समेटिएको छ भने, सडक तथा पुल कल्वर्ट र झोलुङ्के पुल निर्माण, भवन तथा शहरी विकास तर्फका कार्यक्रमहरु समावेश  गरिएका छन् । पालिकामा जग्गा चक्लावन्दी तथा वस्तीविकास योजना लाई व्यवस्थित गरिने, विद्युत तथा उर्जा क्षेत्रलाई प्रभावकारी वनाईने, सिंचाईलाई व्यवस्थित गरिने, संचार र प्रविधिको भरपुर प्रयोग गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

त्यसैगरि वन, तथा वातावरण को क्षेक्र विपद व्यवस्थापन, भुमि व्यवस्थापनको क्षेत्रलाई निती तथा कार्यक्रमले विशेष जोड दिएको छ । न्यायिक सम्पादन तर्फ राजश्व परिचालनलाई प्रभावकारी वनाउने, वित्तीय अनुशासन कायम गर्ने, समाजिक सुरक्षाको क्षेत्रलाई ध्यान दिने उल्लेख गरिएको छ । यसैगरि लोकप्रिय कार्यक्रमलाई निती तथा कार्यक्रमले विशेष ध्यान दिने उल्लेख गरिएको छ । 

गाँउपालिकाको वजेट आँउदो असार १० गते सार्वजनिक गरिने कार्यक्रम रहेको छ । 

images
प्रकाशित मिति :आषाढ ७, २०८१ बिहिवार - २१:१३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology