Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इजरायलबाट ८ सय जना नेपालीको मागः मासिक दुई लाख तलब

इजरायलबाट ८ सय जना नेपालीको मागः मासिक दुई लाख तलब

इच्छाकामना न्युज

१३, आषाढ २०८१
इजरायलबाट ८ सय जना नेपालीको मागः मासिक दुई लाख तलब

काठमाडौं । नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य देश इजरायलबाट आठ जना नेपाली कामदारको माग भएको छ । इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको हो ।

images

वैैदेशिक रोजगार विभागले हिजो एक सूचना निकालेर शुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने जनाएको छ । आठ सयमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । दुवै देशको सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

इजरायलमा नेपाली केयर गिभरको तलब मासिक दुई लाख १० हजार छ भने करार अवधि एक वर्षको भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने हुन्छ । विभागले २१ दिनको समय दिएर हिजोदेखि आवेदन खुला गरेको हो । दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलमा रोजगारीका लागि नेपालीलाई पठाउने प्रक्रिया शुरु हुनेछ ।

केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमी वा सीएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिनुपर्ने योग्यता तोकिएको छ । इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार लैजान सन् २०१५ मा पहिलोपटक दुवै देशबीच सम्झौता भएको थियो ।

अहिले इजरायलमा झन्डै १३ सय जना नेपाली केयर गिभरका रूपमा काम गरिरहेको विभागले जनाएको छ । केयर गिभरका लागि योग्यता पुगेका युवाले विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ ।

आवश्यक योग्यताहरु-
– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
– अनमी वा सीएमए पढेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङ विषयमा कम्तीमा तीन महिनाको तालिम लिएको
– कम्तीमा १।५ मिटर उचाइ र ४५ किलो तौल भएको
– पासपोर्टको म्याद कम्तीमा तीन वर्ष कायम रहेको
– आफूमात्र होइन, बाबु, आमा, पति, पत्नी, छोराछोरीसमेत इजरायल नगएको हुनुपर्ने ।

images
प्रकाशित मिति :आषाढ १३, २०८१ बुधवार - ०९:५२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology