Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

विश्वकप जितेपछि रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

विश्वकप जितेपछि रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

images

इच्छाकामना न्युज

१७, आषाढ २०८१
विश्वकप जितेपछि रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
images

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् ।

शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा आफ्नो देशले विश्वकपको उपाधि जितेपछि उनीहरुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार राति भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो ।
कप्तान शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनप¥यो । म यही चाहन्थेँ– म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

यद्यपि उनले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्। यता विराट कोहली प्लेयर अफ दी म्याच घोषित भए । दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

उनले टी–२० क्रिकेटमा भारतका लागि १ सय २५ वटा खेल खेद्यलै ४ हजार १ सय ८८ रन जोडेका छन् । रोहित शर्मा नेतृत्वको टिम इन्डिया अपराजित रहँदै १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - ०८:३७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology