Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भारतको बिहारमा नेपाली बालिकाको सामुहिक बलात्कारपछि विभत्स हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

भारतको बिहारमा नेपाली बालिकाको सामुहिक बलात्कारपछि विभत्स हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

एजेन्सी

२६, माघ २०७७
भारतको बिहारमा नेपाली बालिकाको सामुहिक बलात्कारपछि विभत्स हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो
images

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि विभत्स तरिकाले हत्या भएको घटना सार्वजनिक भएको छ। १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि विभत्स तरिकाले हत्या भएको हो। 
हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन । घटनाको प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोबाट यो घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखको संलग्नतामा भएको खुलासा भएको छ। एसपी नविनचन्द्र झाले भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापरवाही र कर्तव्यहीनतामा यो घटनामा छ। उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’
२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ। ११ जनाविरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ। अन्य सातजना जसमा घरधनी सियाराम साह पनि संलग्न छन्। उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।
यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको थियो। त्यो अडियोमा २१ जनवरीमा कुन्डवा चैनपुरका चौकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’
एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको एसपी झालाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ।
बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गाबहादुर बिकले घटना भएको थाहा पाए लगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए।

images
images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १०:२८:१३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology