Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

होम डेलिभरि शून्य बनाउने अभियानमा गोरखाको गण्डकी गाउँपालिका

होम डेलिभरि शून्य बनाउने अभियानमा गोरखाको गण्डकी गाउँपालिका

इच्छाकामना न्युज

२०, आषाढ २०८१
होम डेलिभरि शून्य बनाउने अभियानमा गोरखाको गण्डकी गाउँपालिका

भुम्लिचोक । गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । पालिकाको १५ औँ अधिवेशनले ६३ करोड ४४ लाख ४५ हजार रुपैँयाको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

images

पालिकाभित्र होम डेलिभरि शुन्य बनाउने, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने तथा मातृशिशु मृत्युदर घटाउने नीति पालिकाले ल्याएको छ । पालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न ‘सुत्केरी प्रोत्साहन भत्ता’ कार्यक्रम अन्तरगत ८ लाख रकम बिनियोजन गरेको छ ।

पालिकाले वडा गौरवका आयोजनालाई निरन्तरता दिन प्रत्येक वडाका लागि ५० लाखका दरले बजेट बिनियोजन गरेको छ । प्रत्येक वडाका लागि पालिकाले एकमुष्ठ ५ करोड ९० लाख रुपैँया बिनियोजन गरेको उल्लेख छ । वडा कार्यालयहरुको प्रशासनिक खर्च र वडाका जनप्रतिनिधिहरुको भ्रमण खर्च गर्न प्रति वडा ५ लाख ५६ हजार २ सय ५० का दरले ४४ लाख ५० हजार रकम बिनियोजन गरिएको छ ।

यसैगरी, विपद जन्यघटनाहरु न्युनिकरण र व्यवस्थापका लागि ‘विपद व्यवस्थापन’ शीर्षकमा २० लाख र प्राकृतिक विपदबाट पिडित व्यक्तिहरुलाई उद्धार तथा अल्पकालिक राहत उपलब्ध गराउन २० लाख बिनियोजन गरेको छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागी १ करोड, फिस्लिङ आग्रीडाँडा भूम्लिचोक भैरवी सडक निर्माणका लागी १ करोड ५० लाख, बुट्टार मकैसिंह सडकका लागी ६० लाख र पालिकाको वडा नं ८ देखि वडा नं ७ को कार्यालयसम्मको सडक निर्माणका लागी १ करोड ४५ लाख विनियोजन गरिएको छ ।

कृषक प्रोत्साहन कार्यक्रम अन्तरगत उत्पादनमा आधारित अनुदानका कार्यक्रमका लागी ७० लाख र पशुमा उत्पादनमा आधारित अनुदानका लागी ३० लाख रुपैँया बिनियोजन गरिएको पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गुनासो व्यवस्थापन तथा सार्वजनिक सुनुवाई कार्यक्रमका लागी ३ लाख, सामाजिक सुरक्षा भत्ता सहजीकरणका लागी ६ लाख र गण्डकी छात्रवुत्ति कार्यक्रमको निरन्तरताका लागी १० लाख बिनियोजन गरेको छ ।

छात्रवृत्ति कार्यक्रमले उच्च शिक्षमा प्राविधिक शिक्षा अध्ययनरत विपन्न विद्यार्थीहरु लाभान्वित हुने पालिकाले जनाएको छ । छात्राबास व्यवस्थापन अन्तरगत तोमनडाँडा माध्यमिक विद्यालयको लागी १५ लाख र ज्ञानमार्ग माध्यमिक विद्यालयका लागी ७ लाख बजेट बिनियोजन गरेको छ । आगामी वर्ष पालिकाको आन्तरिक श्रोतबाट २ करोड ५ लाख रुपैँया रजश्व प्राप्त हुने अनुमान रहेको पालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताएका छन् ।

आव २०८१/८२ को बजेटको आकार ६३ करोड ४४ लाख ४५ हजार रहेको उनले बताए । जसमध्य संघीय सरकारबाट ५४ कराडे ४७ लाख ६९ हजार र प्रदेश सरकारबाट ३ करोड ६३ लाख ९३ हजार प्राप्त हुने अनुमान पालिकाको छ । यसबाहेक मौज्दात तर्फको ३ करोड रुपैँया, रोजगार कार्यक्रममा प्राप्त हुने बजेट, लघु उद्यमी बिकास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, सडक बोर्डबाट प्राप्त हुने बजेट तथा अन्य निकायबाट थप प्राप्त हुने कार्यक्रमलाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०८१ बुधवार - १२:२६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology