Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बन्द हुँदै भारतीय ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल ‘कू’

बन्द हुँदै भारतीय ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल ‘कू’

इच्छाकामना न्युज

२१, आषाढ २०८१
बन्द हुँदै भारतीय ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल  ‘कू’

काठमाडौँ । भारतीय ट्विटर भनेर चर्चित सामाजिक सञ्जाल स्टार्टअप कू बन्द हुने भएको छ । कम्पनीका सह–संस्थापक अप्रमेय राधाकृष्णनले लिङ्क्डइन मर्फत यसको खुलासा गरेका हुन्।

images

अप्रमेय राधाकृष्णन र मयंक बिडवात्काले २०१९ मा कू शुरु गरेको यो सामाजिक सञ्जाल मार्च २०२० मा लन्च भएको थियो।

साझेदारी सम्बन्धमा हाम्रा निरन्तर वार्ताहरू असफल भएका कारण बन्दको निर्णयमा पुग्नु परेको राधाकृष्णले लिङ्क्डइनमा पोस्ट गर्दै लेखेका छन् । 

 डेलीहन्ट लगायतका विभिन्न कम्पनीहरूसँग कूको बिक्री वा मर्जरबारे केही समयदेखि वार्ता चलिरहेको थियो। वार्ता सफल नभएपछि कम्पनीका संस्थापकले कू बन्द गर्ने निर्णय गरेका छन्।

अप्रमेया राधाकृष्णले एप चलाउन चाहेको तर सामाजिक सञ्जाल एप चलाउनको लागि प्रविधि सेवाको लागत निकै महँगो भएकाले यो निर्णय लिनुपरेको बताएका छन्।

images
प्रकाशित मिति :आषाढ २१, २०८१ बिहिवार - ०८:४५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology