Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो लम्पी स्किन विरुद्धको खोप

बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो लम्पी स्किन विरुद्धको खोप

इच्छाकामना न्युज

३१, श्रावण २०८१
बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो लम्पी स्किन विरुद्धको खोप

हेटौडां । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुरु गरेको लम्पी स्किन विरुद्धको खोप अभियाननको छ दिनमा ६१ हजार गाईवस्तुमा खोप लगाइएको छ। 

images

यही साउन २५ गते शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियानको छैठौँ दिनसम्ममा ६१ हजार ६ गाईवस्तुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो। 

प्रदेशका १३ जिल्लामध्य् सबैभन्दा धेरै चितवनमा ८ हजार ३ सय १६ गाईभैँसीमा यो खोप लागाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु शाखा प्रमुख तथा खोप अभियानका फोकल पर्सन डा. सन्तोष अधिकारीले जानकारी दिए। 

अभियानको क्रममा हालसम्म सबैभन्दा कम खोप लगाउने जिल्ला भक्तपुर छ। भक्तपुरमा अहिलेसम्म २ सय  ९४ गाईभैंसीमा लम्पी विरुद्धको खोप लगाइएको छ। 

साउन २५ गते खोप अभियानको सुरुवातको दिन प्रदेशका १३ जिल्लाका कुल ७ हजार ५ सय ३३ गाईभैँसीमा यो खोप लगाइएको थियो। 

यस्तै दोस्रो दिन साउन २६ मा ९ हजार ९ सय ५६, २७ गते १३ हजार ४ सय ४०, २८ गते ११ हजार ८ सय १४, २९ गते १० हजार ५ सय ४६ र ३० गते ७ हजार ७ सय १७ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको डा.अधिकारीले बताए। 

हालसम्म काठमाडौँमा ४ हजार ५ सय ५२ गाईभैंसीलाई लम्पी विरुद्धको खोप लगाइएको छ भने ललितपुरमा १ हजार ९ सय १२, धादिङमा ६ हजार ६ सय ६७, सिन्धुलीमा ५ हजार १ सय ९७ र रामेछापमा ३ हजार ८ सय १ गाईभैंसीमा खोप लगाइएको छ। 

यस्तै, दोलखामा ६ हजार ४ सय ४४, सिन्धुपाल्चोकमा ८ सय ७९, मकवानपुरमा ५ हजार ६ सय ७९, काभ्रेपलाञ्चोकमा ७ हजार ४ सय ८८, नुवाकोटमा ५ हजार ८ सय ३९ र रसुवामा ३ हजार २ सय ५१ गाईभैँसी तथा पडापाडीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। 

प्रदेशका १३ जिल्लामा ७६ हजार २ सय ७५ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने लक्ष्य सहित मन्त्रालयले लिएको छ। 

प्रदेशका १३ जिल्लामा रहेको ८ वटा पशु सेवा कार्यालयबाट शुक्रबार एकैपटक खोप अभियानको सुरुवात भएका हो। अघिल्लो वर्ष माहामारीकै रुपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्नका लागि खोप अभियान चलाइएको थियो। उक्त खोप अभियानमा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। 

प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउन ३ सय ७६ जना भ्याक्सिनेटर नियुक्त गरिएको छ। जसमा पशु सेवा कार्यालय, ललितपुरले १० हजार १२५ खोप लगाउनको लागि ५४ जना भ्याक्सिनेटर नियुक्त गरिेको छ भने पशु सेवा विज्ञ कार्यालय मकवानपुरले ९ हजार १ सय खोप लगाउनको लागि ६२ जना भ्याक्सिनेटर नियुक्त गरेर खोप लगाइरहेको मन्त्रालयले जनाएको छ। 

यस्तै, नुवाकोटमा १२ हजार ५ सय खोप लगाउन २५ जना, धादिङमा ८ हजार ५ सय खोप लगाउन ४२ जना, चितवनमा ९ हजार ७ सय खोप लगाउन १३ जना, दोलखामा ६ हजार ५ सय खोप लागउन २५ जना भ्याक्सिनेटर नियुक्त भएका छन्।

यस्तै, काभ्रेमा ९ हजार ९ सय खोप लगाउन ९५ जना खोपकर्ता नियुक्त गरेका छन् भने सिन्धुली पशु सेवा कार्यालयले ९ हजार ९ सय ५० खोप लगाउन ६० जना खोपकर्ता नियुक्त गरेका छन्। 

८ वटा पशुसेवा कार्यालय मार्फत प्रदेशका १३ वटै जिल्लामा खोप अभियान सञ्चालनमा छ । प्रदेश सरकारले ७३ लाख १९ हजार रुपैंया बजेट विनियोजन गरेर सप्ताहब्यापी कार्यक्रम आयोजना गरिएको मन्त्रालयको दाबी छ।

के हो लम्पी स्किन?

यो सबै उमेरका गाई भैंसीहरुलाई लाग्ने एक प्रकारको सङ्क्रामक तथा सरुवा रोग हो । यस रोगले विशेष गरि गाईलाई असर गर्दछ। यस रोगबाट स्थानीय जातका गाई भन्दा उन्नत जातका गाई बढी प्रभावित हुने गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.गौरीमान श्रेष्ठले बताए। 

उनका अनुसार लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरुको सिंगान,  दूध, र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ।

लम्पी स्किन रोगले मुख्यत पशुको छालामा असर गर्दछ र बिरामी पशुको छालामा गाँठागुठीहरु देखा पर्ने गर्दछन्। अफ्रिकामा उत्पति भएको यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्व युरोप हुँदै एशियाको बङ्गालादेश तथा भारतमा आएको पाइन्छ। 

नेपालमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको गाईहरुमा वि।सं २०७७ साल अषाढमा पहिलो पटक देखिएको थियो भने रोगको पुष्टि चाहि १२ श्रावण २०७७  मा गरिएको थियो।

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०९:१८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology