Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिन पारी त्रिवेणी भगवती माईको मन्दिरदेखि मनकामना मन्दिरसम्म कलशयात्रा

मुग्लिन पारी त्रिवेणी भगवती माईको मन्दिरदेखि मनकामना मन्दिरसम्म कलशयात्रा

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
मुग्लिन पारी त्रिवेणी भगवती माईको मन्दिरदेखि मनकामना मन्दिरसम्म कलशयात्रा
images

मुग्लिन । पहिले–पहिले त्रिशुली र मस्र्याङ्दीको संगममा अवस्थित त्रिवेणी भगवती मन्दिरको कुण्डमा रहेको जल लगेर चढाएपछि मात्र मनकामना माताको पूजा गर्ने प्रचलन थियो । तर लामो समय भयो, यो परम्परा रोकिएको । यही परम्परा पुन निरन्तरताको अपेक्षा गर्दै भदौ १ गते शनिबार बिहान करिब दुईसय जनाले मोटरसाइकल ¥यालीसहित सो कुण्डको जल लगेर मनकामना मन्दिरमा अर्पण गरेका छन् ।

सहिद लखन गाउँपालिका ३ स्थित त्रिवेणी भगवती धार्मिक तथा पर्यटकीय स्थल विकास व्यवस्थापन समितिको आयोजनामा सो जलयात्रा गरिएको हो । पृथ्वीराजमार्गको मुग्लिन बजार, करनटार, नेवारे लगायतका गाउँबस्तीका बासिन्दाहरु करिब सयवटा मोटरसाइलमा करिब दुईसय जनाले जल मनकामनामा जल पु¥याएका थिए ।

IMG_5850-768x432.jpg

सो जलयात्राको उद्घाटन समारोहमा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, वडा अध्यक्ष दीपक पाण्डे, त्रिवेणी, इच्छाकामना, मनकामना, छिम्केश्वरी धार्मिक सर्किट विकास अभियानका संयोजक रामबहादुर लामा, व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर गुरुङ, जलयात्रा मोटरसाइकल ¥याली कार्यक्रमका संयोजक काजीमान थापा मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

१३ किलोमिटर लामो सडकमा आयोजित मोटरसाइल ¥यालीका सहभागीहरुलाई करनटार, नेवारे, ग्याजा, सिलिङ, मनकामना लगायतका टोलका बासिन्दाले स्वागत गरेका थिए ।

सो जलयात्रा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले त्रिवेणी भगवती कुण्डको जल लगेर मनकामनाको पूजा गर्नेलाई मनको इच्छा पूरा हुने बताए । गाउँपालिकाका अध्यक्ष रमेश थापाले मुग्लिनबाट सो मन्दिरसम्म पक्की पुल बन्ने भएकाले अब भक्तजनले त्यहाँको जल ल्याएर मनकामनामा चढाउन सम्भव हुने विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०८:४२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology