Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

टानको नयाँ अध्यक्षमा सागर पाण्डे विजयी

टानको नयाँ अध्यक्षमा सागर पाण्डे विजयी

इच्छाकामना न्युज

१८, भाद्र २०८१
टानको नयाँ अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा पाण्डे समूह विजयी भएको छ । टानको नयाँ अध्यक्षमा सागर पाण्डेले अध्यक्षका प्रत्याशी राजेन्द्र सापकोटालाई १०० मतको अन्तरले पराजित गरेका छन् । टानको सोमबार भएको मतदानमा पाण्डेले ५८० मत ल्याए भने सापकोटाले ४८० मत मात्र ल्याए ।

images

महसचिवममा पाण्डे समूहकै सोनाम ग्याल्जेन शेर्पा  सापकोटा समूहका राजेन्द्रप्रसाद सुबेदी पराजित गर्दै विजयी भएका छन् । शेर्पाले ५५० मत ल्याए विजयी भए  ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सापकोटा समूहबाट कर्मा शेर्पा ५५८ मत ल्याएर विजयी भएका छन् । पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै शेर्पा विजयी भएका छन्  ।

त्यस्तै, प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल विजयी भए । उनले ५३५ र द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा ५९१ मत पाएर विजयी भएका छन् भने कोषाध्यक्षमा गौतम राज वाग्ले ५८३ र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ । 

केन्द्रीय सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्कर्मा, फुर्पु छिरिङ ल्होमी(भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् । 

images
प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - ०८:४७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology