Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

काठमाण्डौको कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के 

काठमाण्डौको कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के 

इच्छाकामना न्युज

२७, माघ २०७७
काठमाण्डौको कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के 

काठमाण्डौ, २७ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो ।
अनौपचारिक पोशाकमा तरकारी बजार पुग्नुभएका मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभएको छ । केही कर्मचारी सहित कालीमाटी बजार अनुगमन गर्न पुग्नुभएका  मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टलल गायतका बारेमा जानकारी लिनुभएको थियो ।  फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समिति बिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने समेत बताउनुभयो ।   
मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उहाँले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो ।  बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उहाँले छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताउनुभयो । 

images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १९:२५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology