Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आज सार्वजनिक बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ : गृह मन्त्रालय

आज सार्वजनिक बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ : गृह मन्त्रालय

इच्छाकामना न्युज

१९, भाद्र २०८१
आज सार्वजनिक बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ : गृह मन्त्रालय
images

काठमाडौँ । गृह मन्त्रालयले बुधवार(आज) कुनै बिदा नभएको जनाएको छ । कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै मन्त्रालयले सो को खण्डन गरेको हो ।

images
images

साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयका निमित्त गृह सचिव नारायण प्रसाद भट्टराईले प्रशासनलाई जानकारी दिएका छन् ।

‘आज भाद्र १९ गते सार्वजनिक बिदा भनी सामाजिक सञ्जालमा मिथ्या सूचना सम्प्रेषण भएको पाइको छ । आज कुनै सार्वजनिक बिदा नभएको ब्यहोरा सबैमा जानकारी गराइन्छ’ गृह मन्त्रालयले भनेको छ ‘गृह मन्त्रालयले विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनी कारवाहीका लागि नेपाल प्रहरीको साइवर ब्युरोले काम सुरु गरिसकेको ब्यहोरा समेत जानकारी गराइन्छ।’

images
प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - ०९:३७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology